दाउद इब्राहिमको भाई इकबाल कासकर अस्पतालमा भर्ती  

0-Dawood

मुम्बई: कुख्यात डन दाउद इब्राहिमको भाई इकबाल कासकरको जेजे अस्पतालको आईसीयू यूनिटमा उपचार जारी छ। इकबाल कासकरको हृदय सम्बन्धी समस्याको मेडिकल जाँच गरिँदैछ। पुलिसले यस सम्बन्धमा अत्यन्तै गोपनीयता अपनाइरहेछ। स्रोतहरू अनुसार शनिबार दिउँसो एकबाल कासकरको स्वास्थ्य अचानक बिग्रियो। यसपछि उसको तलोजा अस्पतालमा पनि उपचार गराइयो, त्यसपछि उसलाई अबेर राति तलोजा जेलबाट मुम्बईको जेजे अस्पतालमा भर्ती गराइएको छ। विश्वसनीय स्रोतहरू अनुसार इकबाललाई हृदय सम्बन्धी समस्याको कारण आईसीयूमा भर्ती गराइएको थियो। पुलिसअनुसार इकबाल कासकरले छानबीनमा आफू कुख्यात डन दाउदको सम्पर्क रहने गरेको र मुम्बईमा बसेर दाउदको बिजनेसमाथि ध्यान दिने गरेको बताएको छ। उसले पुलिसलाई पाकिस्तानमा दाउदको ३ घरको जानकारी दिएको थियो। यसैले गर्दा इकबाललाई लिएर अत्यन्तै गोपनीयता अनपाइँदैछ।

उल्लेख्य, केही महिनाअघि नेशनल इन्वेस्टिगेशन एजेन्सी (एनआईए) ले अण्डरवर्ल्ड डन दाऊद इब्राहिम र छोटा शकिलसहित डी-कम्पनीका सातजनाविरूद्ध प्राथमिकी दर्ता गरेको थियो। जाँच एजेन्सीले दाबी गरेको छ, यिनीहरू भारतमा भईरहेका आतङ्की गतिविधिहरूमा सामेल छन्। उसको पाकिस्तानस्थित आतङ्कवादी संगठन जैश-ए-मोहम्मद, जमात-उद-दाबा र अल कायदा जस्ता आतङ्की संगठनहरूसित सम्बन्ध छ। यसपछि प्रवर्तन निदेशालय (ईडी) ले मुम्बईमा दाउदसित जुड़ेको ठेगानाहरूमा छापामारी गरेको थियो। छापामारीमा दाउदकी दिवंगत बहिनी हसीना पारकर, इकबाल कासकर र छोटा शकिलका आफन्तहरूको घर सामेल थियो। ईडीले मुम्बईमा दाउदको सम्पत्तिहरूको अवैध खरीद र हवाला लेनदेनको जाँच गरिरहेछ। ईडीले कासकरसित पनि सोधपुछ गरिरहेछ। यद्यपि, कासकरलाई ठाणे पुलिसले असूली मामिला पक्राउ गरेको थियो अनि उसलाई ठाणे जेलमा राखियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement