गान्तोक: नयाँ दिल्लीमा आयोजित चौथो प्रधानमन्त्री मत्स्य सम्पदा योजनाको स्थापना दिवसमा सिक्किम राज्यबाट मत्स्य पालन विभागकी सचिव रोशनी राईको नेतृत्वमा उच्चस्तरीय टोलीले सहभागिता जनायो। भारत सरकारको मत्स्य पालन विभागको पहलमा आयोजित कार्यक्रम नयाँ दिल्लीको चाणक्यपुरीस्थित सुष्म स्वराज भवनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा मत्स्य पालन, पशुपालन र डेयरी मन्त्री राजीव रञ्जन मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यस अवसरमा सिक्किम राज्यबाट सचिव रोशनी राई, निर्देशक केके श्रेष्ठ, सह निर्देशक सुरेन्द्र भण्डारी लगायत चारजना प्रगतिशील मत्स्यपालकहरूले पनि सहभागिता जनाएका थिए। कार्यक्रममा, भारतमा मत्स्यपालन क्षेत्रलाई रूपान्तरण गर्नुको महत्त्वमाथि प्रकाश पारिएको थियो। कार्यक्रमले माछा उत्पादनमा बृद्धि, जीविकोपार्जनमा सुधार र दिगो जलस्रोतलाई अघि बढाउनमा सहयोग पुग्नको साथै देशभरका माछापालकले प्राप्त गरेको उपलब्धीको खुशीमा उक्त कार्यक्रम पालन गरिएको हो। यो महत्वपूर्ण सभामा सचिव रोशनी राईले सिक्किममा पीएएमएसवाइको प्रगति र चुनौतीबारे विस्तृत रूपमा छलफल गरिएको जानकारी गराएकी छन्। कार्यक्रममा माछापालन क्षेत्रको विस्तार, स्थानीय चुनौतिहरूलाई सम्बोधन गर्न र दिगो माछा पालन अभ्यासलाई थप प्रवर्द्धन गर्न राज्य सरकारद्वारा गरिएको पहलबारे पनि जानकारी गराइयो।










