गेजिङको विभिन्न ग्राम पन्चायतमा नशा मुक्त सिक्किम कार्यक्रम पालन

IMG-20240912-WA0344

गेजिङ: गेजिङ जिल्लाअन्तर्गत याङथाङ लाङगाङ अनि लिङ्चोम तिक्जेक ग्राम प्रशासन केन्द्रले नशा मुक्त भारत अभियान अन्तर्गत लागुऔषधमुक्त समाजको लागि र्‍याली र सचेतना कार्यक्रमको आयोजन गर्‍यो। नशामुक्त भारत अभियानको ब्यानरमा ग्राम प्रशासन केन्द्रले आयोजना गरेको कार्यक्रममा आज लाङ्गाङ अनि लिङ्चोममा र्‍यालीसहितको सचेतना कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो। यता याङ्थाङ ग्राम प्रशासन केन्द्रका पन्चायत सभापति सोमनाथ शर्माले अनुवाइ गरेको कार्यक्रममा विभिन्न वार्डका पन्चायत अनि पञ्चायत कार्यालयका अधिकारीहरू, स्व-सहायता समूह (एसएचजी) का सदस्यहरू, शिक्षकहरू र लाङ्गाङ माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले लागुऔषध दूर्व्यवसनले समाजमा पारेको नकारात्मक प्रभावबारे जानकारी दिँदै लागुऔषधमुक्त समाज निर्माणका लागि सामुहिक प्रयास आवश्यक रहेको बताए। उनले डिजिटल समावेशीकरणको महत्त्वलाई पनि उजागर गर्दै समाजको हितका लागि सबैले सकारात्मक कदम चाल्नुपर्ने आवश्यकतालाई औंल्याएका थिए। यसै क्रममा, उनले सिक्किमलाई लागुऔषध दुरुपयोगबाट मुक्त बनाउन मुख्यमन्त्रीको नेतृत्वमा अगाडि बढाइएको “नशा मुक्त सिक्किम” पहलको समर्थन गरे। उनले कार्यक्रमलाई सफल बनाउन योगदान दिने सबै सहभागी र साझेदारहरूप्रति आभार प्रकट गरे। यसैगरी लिङ्चोम ग्राम पन्चायत एकाइका पन्चायत सभापति राजेन लिम्बुको नेतृत्वमा नशा मुक्त भारत अभियान अन्तर्गत लागुऔषधमुक्त समाजको लागि प्रतिबन्ध र्यालीमा कार्यलयका कर्मचारी पन्चायत कमला शर्मा पुजन गुरुङ लगायत अन्य पन्चायत र लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालय परिवारले सहयोग गरेको थियोे। लिङ्चोम स्कुलबाट सुरु भएको यो र्‍याली यहाँको ग्राम प्रशासन केन्द्रमा पुगेर पुगेर समापन भयो। यस इलाकाका ग्रामीण समुदायहरूमा समेत चेतना जगाउने उद्देश्यले, आज गेजिङ जिल्लाका सबै ग्राम पंचायत युनिट (जिपियु) हरूमा यस्तै र्‍याली तथा सचेतना कार्यक्रमहरू आयोजना गरिएका थिए। नशा मुक्त समाज निर्माणतर्फ यो कदम महत्त्वपूर्ण रहनका साथै, समुदायमा दिगो परिवर्तन ल्याउन सफल हुनेछ भन्ने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement