राजीनामाबारे मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्…

CM-Mamta-Banerjee-4-copy-2

कोलकाता: कोलकाताको आरजी मेडिकल कलेज एवं अस्पतालमा एक जुनियर डाक्टरको दुष्कर्म र हत्याको घटनाले पूरै राज्यमा हलचल मच्चाएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले पत्रकार सम्मेलनमा यस विषयमा आफ्नो भावना व्यक्त गर्दै अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। उनले नवान्नमा दुई घण्टाभन्दा बढी समय बिताए पनि चिकित्सकहरूसँग हुन सकेन। त्यसपछि उनले पत्रकार सम्मेलन गरेर आफू राजीनामा दिन तयार रहेको बताइन्। उनले भनिन्, ‘म तिलोत्तमाका लागि न्याय चाहन्छु। केही मानिसहरू न्यायको बदली सत्ताको चौकी चाहन्छन्।‘ मुख्यमन्त्रीले यो संवेदनशील विषयमा सत्य तथ्य बाहिर आउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताइन्। यो अवस्थाको फाइदा उठाउन खोज्दै न्यायको सट्टा व्यक्तिगत स्वार्थलाई महत्व दिएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरिन्। राजीनामाले न्याय दिलाउन सक्ने भए राजीनाको कुरा गरिन्l यस विषयमा सत्यतथ्य बुझेर न्यायको माग गर्न जनतालाई उनले आग्रह गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement