कर दुर्घटनापछि ऋषभ पन्त पहिलो पटक खुलेर बोले

00-1-Rishabh-Pant

नयाँ दिल्ली: भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले आफ्नो भयानक कर दुर्घटनाको बारेमा पहिलो पटक खुलेर बोलेका छन्। ३० दिसम्बर २०२२ मा भएको उक्त दुर्घटनामा पन्तको मर्सिडिज कार डिभाइडरमा ठोक्किएर कारमा आगो लागेको थियो। यो घटनापछि पन्तले आफ्नो जीवनको समय सकिएको महसुस गरे। पन्तले भने, ‘जीवनमा पहिलो पटक यो संसारमा मेरो समय सकिएको महसुस भयो। दुर्घटनामा चोटपटक लागेको कुरा मलाई थाहा थियो तर म भाग्यमानी थिएँ किनभने यो धेरै गम्भीर हुनसक्छ।‘ दुर्घटनापछि पन्तको दाहिने घुँडाको लिगामेन्ट च्यातिएको र निधारमा दुई चोटि गम्भीर चोट लागेको थियो। पन्तले डाक्टरलाई निको हुने समयबारे सोध्दा डाक्टरले १६ देखि १८ महिना बताए। ‘मलाई थाहा थियो कि मैले यो रिकभरी समय छोटो बनाउन कडा मेहनत गर्नुपर्छ’, पन्तले भने।

पन्तले भर्खरै आईपीएलको मिनी लिलामीमा भाग लिएका थिए र त्यसपछि उनको पुनरागमनको अपेक्षा बढेको छ। उनलाई लिलामीमा ल्याएर फ्रेन्चाइजीले पन्तप्रति आफ्नो विश्वास अझै कायम रहेको संकेत गरेको छ। गत वर्ष दुबईमा भएको आईपीएल २०२४ को लिलामीमा पन्तको प्रतिनिधिमण्डलको हिस्सा बनेपछि उनले आगामी आईपीएलमा दिल्ली क्यापिटल्सको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। ऋषभ पन्तले आफ्नो अन्तिम खेल भारतका लागि २२ दिसम्बर २०२२ मा बंगलादेशमा खेलेका थिए। यो शृङ्खलापछि उनी स्वदेश फर्कँदा यो दुर्घटना भयो। पन्तले आफ्नो अन्तिम टी-२० खेल २०२२ नोभेम्बर २२ मा न्यूजिल्याण्ड विरुद्ध र ३० नोभेम्बरमा अन्तिम एकदिवसीय खेल खेलेका थिए। पन्तको चोटपछि टीम इण्डियामा विकेटकिपिङको जिम्मेवारी केएस भरत, इशान किशन, जितेश शर्मा र केएल राहुललाई दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement