अपमानका कारण युवकद्वारा आत्महत्या

IMG-20240629-WA0057-copy-2

सिलगढी: हिजो राति पूर्वी बाइपास नजिकै धरमकाटा अगाडि चार जना युवाले हेमन्त राय (३२) लाई निर्ममतापूर्वक कुटपिट गरेपछि आशिघर चौकीका पुलिसले घाइते युवकलाई प्राथमिक उपचारका लागि सिलगढी अस्पताल ल्याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि घर पठाइएको थियो। अर्कोतर्फ अपमान सहन नसकेर युवकले राति घरमै आत्महत्या गरेको समाचार छ। यता स्थानीयवासीले आज सडक अवरुद्ध गरी घटनाको विरोध गरे। भक्तिनगर पुलिस चौकी र असिघर आउट पोस्ट पुलिसको हस्तक्षेपमा सडक जाम हटाइयो। प्रदर्शनकारीहरूले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement