सिलगढी: महिलाहरुद्वारा सञ्चालित दुर्गा पूजा समिति न्यायको माग गर्दै सरकारले यस वर्षको दुर्गा पूजा आयोजनाका लागि दिएको अनुदान फिर्ता गर्ने निर्णय गरेको छ। समितिका सदस्यहरूले भने, ‘महिलाको सुरक्षा नभएको ठाउँमा यो अनुदानलाई के गर्ने।’सिलगढीको हाकिमपारामा रहेको आह्वान क्लब २१ वर्ष पुरानो हो। गत वर्षको तुलनामा यस वर्ष अनुदानमा बढोत्तरी भएको छ। तर पनि पूजा समितिका सदस्यगणले सरकारबाट अनुमोदित अनुदान लिन अस्वीकार गरेका छन्।










