अलिपुरद्वार: रेल चालकको प्रयासले जंगली हात्तीको समूह दुर्घटनाबाट जोगिएको छ। डाउन धुब्री सिलिगुडी इन्टरसिटी एक्सप्रेसको लोको पायलटले अलिपुरद्वार जिल्लाको हाँसिमारा र मदारीहाट बीचको ट्र्याकमा जंगली हात्तीहरूको समूह देखेपछि रेलमा ब्रेक लगाए। रेल लाइनमा साना ठूला गरी पाँचवटा हात्ती थिए। रेल केही बेर त्यहीँ रोके। पछि, जब हात्तीको समूह जंगलमा प्रवेश गरे, रेल फेरि गुड्न थाल्यो।










