खरसाङ: दार्जिलिङमा आयोजित मिस दार्जिलिङ जुनियर २०२४ को बिजेता साइना राईलाई बधाई एंव शुभकामना व्यक्त गर्न पंखाबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान साइना राईको घरमा पुगिन्। लंगभ्यु गुर्दुम बस्ती निवासी साइना राईले गत ०८ सेप्टेम्बर २०२४ मिस दार्जिलिङ जूनियरको ताज जित्न सफल भएकोमा समष्टि कार्यकारी सभासद कल्पना प्रधानले नानीका बोज्यु अनि आमालाई खदा लगाई सम्मान जनाइन् साथै नानी साईना राईलाई खदा लगाई पुरस्कार दिईन्। उनले नानीले केवल गुर्दुम बस्तीको नाम उच्च नराखेर लंगभ्यु अम्बटे समष्टिको नाम उच्च गरेको जनाइन् साथै नानीको यस सफलताको निम्ति साईना राईका माता पिता साथै सम्पूर्ण ग्रामवासीलाई बधाई एंव शुभकामना टक्राइन्। आज साईना राईलाई शुभकामना टक्राउने क्रममा समष्टि सभापति साथै सन्त मेरी तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, समष्टि सचिव ललित प्रधान, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, महुकमा प्रवक्ता अनूप रामुदामु , ग्राम पञ्चायत सदस्य सुब्राता लकान्द्री साथै ग्रामवासीहरूको उपस्थिति रहेको थियो।










