देवकुमार खाती स्मृति नक्आउट फूटबलः मालिभिट्टा एफसी सेमिफाइनलमा

IMG_20220821_192217.jpg

२१ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा मालिभिट्टा एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आज भएको म्याचमा मालिभिट्टा एफसीले गाड़ीधुरा स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। म्याचमा १ गोल गर्ने विजेता टीमका अजीत साहुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २६ अगस्तको दिन खेलिने पहिलो सेमिफाइनलमा आमुक्त परिवार र मालिभिट्टा एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै मेचे बस्ती र समर्पण फाउण्डेशन, खप्रेलबीच दोस्रो सेमिफाइनल २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement