जलपाईगढी: दिउँसो अपहरणको घटनाले धुपगढीमा हलचल मच्चाएको छ। पुलिसले अनुसन्धान शुरु गरेको छl अपहरणको घटना आज बिहान करिब १०:३० बजे धुपगढी बस टर्मिनलबाट केही टाढा रहेको वार्ड नम्बर १६ को शरतपल्ली गल्लीमा भएको हो। केही व्यक्ति बोलेरो गाडीमा आएर शरतपल्ली गल्लीको सडकमा पसेको बताइएको छ। त्यतिबेला एक युवक मोटरसाइकल लिएर उभिरहेका थिए। बोलेरो कारमा सवार आक्रमणकारीले युवकलाई समातेर कुटपिट गर्न थाले। उनीहरुले युवकलाई कारमा समेत हालेर भागे। अकस्मात भएको यो घटनाले सर्वसाधारण स्तब्ध भएका छन्। सूचना पाएलगत्तै धुपगढी थानाबाट पुलिस घटनास्थलमा पुगेको थियो। घटनास्थलमा युवकको मोटरसाइकल र दुई जोडी जुत्ता फेला परेको छ। पुलिसले सीसीटीभी हेरेर अनुसन्धान थालेको छ। अपहरण मात्रै हो वा प्रेम सम्बन्ध हो भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ।









