चीनको प्रसिद्ध बौद्ध मन्दिर जलपाईगढीमा देखिने

IMG-20240912-WA0248

जलपाईगढी: यस पटक काली पूजाको समयमा जलपाईगढीका जनताले चीनको प्रसिद्ध बौद्ध मन्दिर हेर्ने मौका पाउनेछन्। यस पटक जलपाईगढीको प्रसिद्ध दादाभाई क्लबको तर्फबाट चीनमा रहेको बौद्ध मन्दिरको धर्तीमा काली पूजाका लागि भव्य र आकर्षक पण्डल बनाइएको छ। क्लबका सचिव तपन ब्यानर्जीले यस वर्ष क्लबले ४७औँ पूजा आयोजना गर्न लागेको बताए। चिनियाँ बौद्ध मन्दिरको आकर्षक पण्डल निर्माण भइरहेको छ। नदियाका कारिगरहरूले प्लाष्टिकको चम्चा, बोतल, पाइपलगायतका सामग्री प्रयोग गरेर पण्डल बनाउँदैछन्। उनले आज खुन्टी पूजा भएको बताए। खुन्टी पूजासँगै पण्डल निर्माणको काम शुरु भएको छ। तपन ब्यानर्जीले यस वर्ष पूजाको बजेट करिब ४० लाख रहेको बताए। पूजामा हरेक वर्ष ठूलो संख्यामा भक्तजन आउने गरेको ,उनले बताए। आज खुन्टी पूजाको अवसरमा क्लबका सदस्यबाहेक अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement