दक्षिण कोरियाविरुद्ध ३-१-ले विजयी भारत

IMG-20240912-WA0290

हुलुनबुइर (चीन): भारतीय पुरुष हकी टोलीले बिहीवार यहाँ हीरो एशियन च्याम्पियन्स ट्रफी प्रतियोगितामा दक्षिण कोरियाविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। टुर्नामेण्टमा यो भारतको लगातार चौथो जीत हो। सेमिफाइनलमा स्थान बनाइसकेको भारतले अघि आयोजक चीनलाई ३-०-ले, जापानलाई ५-०-ले अनि गत सालको उपविजेता मलेशियालाई ८-१-ले पराजित गरेको थियो। असाधारण फर्ममा रहने भारतीय टीमबाट कप्तान हरमनप्रीत सिंहले नवौं र ४३औं मिनटमा २ गोल गरे। यसबाहेक अराईजीत सिंह हुण्डलले आठौं मिनटमा गोल गरे। यसरी दक्षिण कोरियाबाट एकमात्र गोल जिहुन यांगले ३०औं मिनटमा पेनल्टी कर्नरबाट गरे। भारतले अब शनिवार आफ्नो अन्तिम लीग म्याचमा पाकिस्तानको सामना गर्नेछ। भारतले आज आक्रामक शुरुवात गऱ्यो अनि सुखजीत सिंहको पासमा अराईजीतले पहिलो गोल गरे। त्यसको एक मिनटपछि मलेशियाविरुद्ध ह्याट्रिक गर्ने राजकुमार पालले भारतलाई पेनल्टी कर्नर दिलाए, जसमा हरमनप्रीतले गोल गरे। भारतका रिजर्व गोलकीपर सूरज करकेराले प्रभावी प्रदर्शन गरे अनि दोस्रो क्वार्टरमा कोरियाई टीममा गोल गर्न दिएन। दोस्रो क्वार्टरमा कोरियाई टीमले भारतीय गोलमा लगातार हमला गऱ्यो अनि अन्तिम मिनटमा प्राप्त भएको पेनल्टी कर्नरबाट यांगले गोल गरे। कोरियालाई ३५औं मिनटमा लगातार दुईवटा पेनल्टी कर्नर प्राप्त भयो तर उनीहरूले गोल गर्न सकेनन्। अन्तमा हरमनप्रीतले ४३औं मिनटमा पेनल्टीबाट कर्नरबाट गोल गरी भारतलाई ३-१-ले जीत दिलाए। भारत अहिले ४ वटा म्याचमा १२ पोइण्ट्सको साथ पोइण्ट्स टेबलको शीर्ष स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement