वीरपाड: दलमोर बाँसबारी लाइनस्थित खेल मैदानमा स्व निर्भर गोष्ठीसंगिनी उपसंघ तथा नेपाली भाषा मान्यता दिवस आयोजक समितिको आयोजनामा ३१औं नेपाली भाषा मान्यता दिवस पालन गरियो। शिक्षक प्रमित थापा अनि अर्विना योञ्जनद्वारा सञ्चालित कार्यक्रममा शिक्षक अभिजित सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि हाम्रो समाज तथा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ , हाम्रो समाजका मुलसचिव हर्कु तामाङ, डुनेसाविसका सचिव तथा हाम्रो समाजका उपाध्यक्ष बुद्धिमान लामा, वीरपाडा थाना प्रभारी प्रेमकुमार थामी, समाजसेवी जुगेश राई, विनेस राई, डुनेसास अध्यक्ष दिलीप शर्मा घिमिरे, कप्तान रामसिंह ठकुरी सालिग निर्माण समितिका अध्यक्ष सबिन थापा, सचिव स्वागन थापा, शिक्षक शिवराज थापा, आकाश प्रधान, अमीर सुब्बा, शनि तामाङ, पञ्चायत सदस्य अर्पना लम्जेल, युवा गायक उमेश छेत्री आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्य अतिथि कृष्णबहादुर श्रेष्ठ तथा अतिथिहरूको बाहुलीबाट द्वीप प्रज्वलन गरियो साथै सम्पूर्ण अतिथीगणलाई खदा टीकाद्वारा सम्मान गरियो। स्वागत वक्तव्य राख्ने क्रममा आयोजक समितिका सचिव तुल्मा राणाद्वारा डुवर्सको विभिन्न ठाउँहरूबाट उक्त संस्थाको निमन्त्रणलाई स्वीकारेर आएका अतिथिहरूप्रति आभार प्रकट गरे साथै कार्यक्रम विषयमा संक्षिप्तमा आफ्नो मन्तव्य राखे। यसरी उद्बोधन गीत स्थानीय कलाकारद्वारा एउटा मिठो स्वागत गीत प्रस्तुत गरियो। अतिथि सबिन थापाले भाषा आन्दोलनमा योगदान दिने ती भाषा संग्रामीहरूबारे अनि तिनीहरूको योगदान सदैव सम्झना रहने छ भनी बताए। नेपाली भाषालाई प्रचार प्रसार अनि व्यवहारिकतामा ल्याउन सबै संघ संस्था जागरुक हुने समय आएको बताए। कार्यक्रममा सामाजिक क्षेत्रमा कार्य गर्ने हाम्रो समाज, कप्तान रामसिंह ठकुरी सालिग निर्माण समिति, दलमोर गुम्बा संस्थापक, मन्दिर संस्थापक, अध्ययन क्षेत्रमा रोहन मोक्तान, सङ्गीत क्षेत्रमा उमेश छेत्रीलाई विशिष्ट योगदान पुर्यानउने समाजको विभूतिहरूलाई सम्वर्द्धन पत्र साथै माध्यमिक, उच्च माध्यमिक उत्तीर्ण विद्यार्थीहरुलाई प्रशंसा पत्र भेट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो भने यता कार्यक्रममा सहभागी बनेका नृत्य, गायन, कविता रामायण पाठ गर्ने कलाकारहरुलाई प्रशंसा पत्र भेट गरिएको आयोजक समितिका अध्यक्ष अर्विना योञ्जन अनि शिक्षक प्रमित थापाले जनाए।
तुलसीपाडा: तुलसीपाडा कोइली क्लब खेल मैदानमा कोइली क्लब तथा नेपाली भाषा मान्यता दिवस आयोजक समितिको आयोजनामा ३०औं नेपाली भाषा मान्यता दिवस पालन गरियो। रोशन ठटालद्वारा सञ्चालित कार्यक्रममा शिक्षक अर्जुन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि हाम्रो समाज तथा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, हाम्रो समाजका मुलसचिव हर्कु तामाङ, तुलसीपाडा चियाबारी प्रबन्धक, डुनेसाविसका सचिव तथा हाम्रो समाजका उपाध्यक्ष बुद्धिमान लामा, कवि सुकवीर योञ्जन,समाजसेवी जुगेश राई, विनेस राई, सत्यम तामाङ, दर्पण सुब्बा,कुन्दन लामा, धिरज गोले, अशोक प्रधान, कप्तान रामसिंह ठकुरी सालिग निर्माण समितिका अध्यक्ष सबिन थापा, सचिव स्वागन थापा, शिक्षक शिवराज थापा, आकाश प्रधान, अमीर सुब्बा, शनि तामाङ, कृष्ण छेत्री आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्य अतिथि कृष्णबहादुर श्रेष्ठ तथा अतिथिहरूको बाहुलीबाट दीप प्रज्वलन गरियो साथै सम्पूर्ण अतिथिगणलाई खदा टीकाद्वारा सम्मान गरियो। स्वागत वक्तव्य राख्ने क्रममा आयोजक समितिका अर्जुन तामाङद्वारा डुवर्सको विभिन्न ठाउँहरूबाट उक्त संस्थाको निमन्त्रणलाई स्वीकारेर आएका अतिथिहरूप्रति आभार प्रकट गरे साथै कार्यक्रम विषयमा संक्षिप्तमा आफ्नो मन्तव्य राखे। यसरी स्वागत नृत्य स्थानीय कलाकारहरुद्वारा प्रस्तुत गरियो। वार्ताकार सबिन थापाले भाषा आन्दोलनमा योगदान दिने ती भाषा संग्रामीहरूका बारे अनि तिनीहरूको योगदान सदैव सम्झना रहने छ भनी बताए। नेपाली भाषालाई प्रचार-प्रसार अनि व्यवहारिकतामा ल्याउन सबै संघ संस्था जागरुक हुने समय आएको बताए। मुख्य अतिथि कृष्णबहादुर श्रेष्ठले अब हामी सबै मिलेर भाषाको व्यवहारिकतामाथि आन्दोलित हुनुपर्ने समय आएको बताए। सबै संघ संस्था जाग्नु पर्ने आह्वान गरे। कवि सुकवीर योञ्जनले एकल कविता वाचन गरे। कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक उत्तीर्ण विद्यार्थीहरूलाई प्रशंसा पत्र भेट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो भने यता कार्यक्रममा सहभागी बनेका नृत्य, गायन, कविता रामायण पाठ गर्ने कलाकारहरूलाई प्रशंसा पत्र भेट गरिएको आयोजक समितिका रोशन ठटालले जनाए।

हन्टापाडा: नेपाली भाषा साहित्य संस्कृतिसँगसँगै सामाजिक तथा खेलकुद उन्नयनको निम्ति गठन भएका डुवर्सका अलिपुरद्वार अन्तर्गत मदारीहाट खण्ड स्थित हन्टापाडा चियाकमानका डुवर्स अभियान समूहद्वारा आज पहाडी लाइन नेपाली प्राथमिक विद्यालयको प्रेक्षगृहमा ३१औँ नेपाली भाषा मान्यता दिवस पालन गरियो। आजको यस कार्यक्रमको अध्यक्षता समाजसेवी तथा पूर्व शिक्षक कुमार आलेले गरेका थिए भने अथितिका रूपमा स्थानीय ग्राम पञ्चायत सदस्य सबिना तामाङ उपस्थित थिए औ डुवर्स नेपाली साहित्य सभाका मूलसचिव उमेश प्रधान मञ्चासिन थिए। कार्यक्रममा स्थानीय वरिष्ठ नागरिक विमल सारू , काजी कामी, भारतीय सेनाका जवान सुजित मगर लगायत डुवर्स अभियान समूहका सदस्यगण सन्दीप राणा, सनम राणा, मनोज मगर, नवीन मगर ,असीम छेत्री, विशाल तामाङ, अध्यक्ष पुनम तामाङ साथै स्थानीय निवासीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन शिक्षिका सञ्जु थापाले गरेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समाजसेवी धुर्वकुमार आलेले भने -” नेपाली भाषाले मान्यता पाउनअघि हाम्रो बुद्धिजीवी, साहित्यकार , सांसद भाषाविद्हरूले लामो संघर्ष गरेका थिए। वहाँहरूको अथक परिश्रम तथा त्यागले आज हामी उपकृत भएका छौँ। त्यसैले आज हामीले नेपाली भाषाको संरक्षण गर्न आवश्यक छ।” सर्वविदित छ नेपाली भाषाले ३६ वर्षे संघर्ष पश्चात २० अगस्त १९९२ सालमा भारतीय संविधान संशोधन गरेर नेपाली भाषालाई भारतीय भाषाको रूपमा मान्यता प्रदान गरेको थियो।