सिलगढी: खराब सडकका कारण बिहान ७ बजे खोरीबारीमा दुर्घटना भएको छ। राष्ट्रिय राजमार्ग ३२७ को अवस्था नाजुक भएका कारण ट्रक चालकले आफ्नो गाडीको नियन्त्रण गुमाएपछि बाँसले भरिएको लरी खाल्डोमा पल्टिएको हो। घटना खोरीबारीको बतासिर बालाझोडा क्षेत्रमा भएको हो। आज गुवाहाटीबाट उत्तर प्रदेशतर्फ जाँदै गर्दा खोरीबारीमा कन्टेनर अनियन्त्रित भई पल्टियो। घटनामा कन्टेनर चालक घाइते भएका छन्। खबर पाएलगत्तै खोरीबारी पुलिस घटनास्थलमा पुगेर घाइतेलाई उपचारका लागि अस्पताल लगे। राष्ट्रिय राजमार्गको दयनीय अवस्थाका कारण दिनहुँजसो दुर्घटना हुने स्थानीयको गुनासो छ।









