म पहाड़को उज्जवल भविष्यको लागि जसलाई पनि भेट्न तयार छु तर सांसद भएपछि उनको पनि जिम्मावारी काम गर्ने: अनित थापा

IMG-20240912-WA0240

खरसाङ: म पहाड़को उज्जवल भविष्यको लागि सांसद मात्र होइन जसलाई पनि भेट्न तयार छु तर सांसद भएपछि उनको पनि जिम्मावारी हो पहाड़को जनताको लागि काम गर्नु भनी जीटीए प्रमुख अनित थापाले खरसाङमा बताएका छन्। उनले पुनसीमांकन भएपछि जीटीए क्षेत्रमा ९ जना विधायकहरू र एकजना सांसद आफ्नै भए राम्रो कुरा हो भनी बताएका छन्। उनले पुनर्सीमांकनपछि जीटीए क्षेत्रमा ९ जना विधायकहरू र १ जना सांसद हुनुपर्छ भन्ने विषयमा सांसद राजु विष्टले सहयोग गर्न तयार छु भनी दिएको बयानको सन्दर्भमा बोल्दै जीटीए प्रमुख अनित थापाले एकजना जनप्रतिनिधि भएकोले सांसदको पनि यसमाथि कार्य गर्नु जिम्मावारी हो भनी बताएका छन्। उनले भने, सांसदले जीटीए क्षेत्रमा ९ जना विधायकहरू र त्योभन्दा बेसी साथै एकजनाभन्दा बेसी सांसद दिए झन राम्रो कुरा हो। यस कार्यको लागि जसलाई पनि भेट्न र ज्ञापन दिन तयार छु। पार्टीको आफ्नो -आफ्नो सिध्दान्त हुन्छ तर म जीटीए प्रमुख र राजु विष्ट सांसद भएकोले पहाड़को लागि आफ्नो आफ्नो जिम्मावारी निभाउन तयार हुनुपर्छ।’
अनित थापाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा जनजातिको मुद्दामा कसलाई भेट्नु पर्ने र के गर्नु पर्ने हो त्यो सबै हाम्रो टिमले काम गर्नेछ र यसको लागि सबै डाटाहरू संकलन गरेर कार्य अघि बढाउने बताएका छन्। उनले टिस्टा बाढ पिढीताहरूलाई घर बनाउन तीन लाख रुपियाँ गरेर दिने घोषणा विषयमा खण्ड विकास अधिकारी र अन्यलाई काम गर्ने भनिएको र यस विषयमा सबै डाटा संकलन गरेर कार्य गरिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement