राज्यमा दोस्रो दिन पनि ट्रक हडताल जारी

IMG-20240912-WA0164

 दक्षिण दिनाजपुर: ट्रक मालिकहरूले सात बुँदे मागहरू लिएर ७२ घण्टाको हडताल गरे। बुधबारदेखि यो हड्ताल शुरु भएको हो। पश्चिम बंगाल ट्रक अपरेटर एसोसिएसनको आह्वानमा दक्षिण दिनाजपुर ट्रक ओनर्स एसोसिएसनले दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुरस्थित गोचिहारमा आह्वान गरेको हो। संगठनले आज गंगारामपुर राष्ट्रिय राजमार्ग नं० ५१२ मा चल्ने ट्रक रोकेको छ। बन्दको समर्थनमा नाराबाजी समेत गरियो। पुलिस र सिभिक भोलेन्टियरको ज्यादतीको विरोध र ओभरलोडिङ रोक्नुपर्ने जस्ता सात बुँदे मागसहित ट्रक मालिकहरू हडतालमा सामेल भएका छन्। यो हडताल ७२ घण्टा जारी रहने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement