बिद्युत नपुगेका सबै क्षेत्रमा बिद्युत पुरयाउने प्रतिबद्धता

IMG-20240912-WA0120

भद्रपुर: ऊर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले आगामी एक वर्ष भित्रमा विद्युत नपुगेको देशको सबै क्षेत्रमा विद्युत पुराउने लक्ष्य रहेको बताए।
बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान–१ मा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले विगतमा सरकार छिटो–छिटो परिवर्तन भएकाले भनेजसो सरकारले काम गर्न नपाएकोले यो सरकार भने स्थायी हुने बताउछन्।
२०१७ सालको संविधानले जातजाती, धर्मसंस्कृति आदि सबैलाई समेटे पनि केही संशोधन गर्नुपर्ने भएकाले यो सरकारले यसतर्फ पनि सोचेको बताए।
बर्खाको बेलामा बाढीले धेरै धनजनको क्षति हुने भएकाले त्यसको निम्ति बाढी आउन केही दिन अघि नै थाहा पाउने प्रविधिको विकास गर्दै गरेको समेत उनले बताए।
उमनले बताए , “उद्योग कलकारखानाहरुको विद्युत सबै एकै चोटी कटाउँदा मजदुरहरुको समस्या र त्यस उद्योगबाट उत्पादन हुने समानहरुको अभाव लगायत धेरै समस्या आउने जस्तै समस्या हुने भएकोले विद्युतको बिल सरकारले व्यापारीहरुबाट उठाउँछ तर विधिसम्मत केही छुट दिएर उठाउनेमा सरकार प्रतिबद्ध रहेको छ।” मिडियामुखी हुनु राम्रो हुन्न, व्यावहारिक पक्षलाई ध्यान दिनु पर्ने समेत मन्त्री खड्काले बताए।
सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाको नगर प्रमुख केदार भण्डारीले केही स्थानहरुमा हाईटेन्सन लाईनले मानव बस्तिमा असर पर्ने भएकाले स्थानन्तरण गर्नुपर्ने भएकोले यसका लागी सरकारले हेरिदिन आग्रह गरे।
नेपाली काङ्ग्रेस धरानको सभापति श्याम पोख्रेलले धरान आसपासमा रहेका खोला, खहरे खोलाहरुको तत्काल नियन्त्रण गर्न, हाईटेन्सन लाईन व्यवस्थापन गर्न, सडक बत्तीको महशुलको सम्बन्धमा, धरानमा बाँदरको समस्या लगायत धरानका विभिन्न समस्याहरुसहित ज्ञापन पत्र बुझाए।
यसैगरी उद्योग बाणिज्य सघ सुनसरीको अध्यक्ष बिजय श्रेष्ठले समेत सुनसरीका व्यापारीहरुको समस्याको ज्ञापन पत्र बुझाए।
कार्यक्रममा धरान उपमहानगरपालिकाको पूर्व नगर प्रमुख तिलक राई, नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य राजिव कोइराला, धरानको सभापति श्याम पोख्रेल, क्षेत्रीय सभापति सुजेन्द्र गोलेलगायत अन्य विभिन्न राजनीतिक दलहरुको प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement