भद्रपुर: जनमत पार्टीका अध्यक्ष डॉ सीके राउतले सरकार साना पार्टीलाई सखाप पार्न लागेको बताएका छन्। बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राउतले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताएका हुन्।
सरकारको ‘भिजिबिलिटी’ नै नदेखेको र आफूहरू सत्ता पक्ष हो कि विपक्षी थाहा नभएको उल्लेख गर्दै उनले भने, ‘न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले। हामी सत्ता पक्ष हो कि प्रतिपक्ष हो त्यो मलाई पनि थाहा छैन खासमा। म चाहिँ खासै काम, कारबाही अगाडी बढेको जस्तो, सरकार भएको जस्तो महसुस गरेको छैन। उल्टै के देखिन्छ भन्दाखेरी साना पार्टीहरुलाई अरु पार्टीहरुले कसरी सखाप पार्ने, केही सिमित नेताहरुलाई मात्रै कसरी प्रतिशोध साँध्ने। त्यसमा प्रतिनिधि सभा पनि केन्द्रित भएको र सरकार पनि केन्द्रित भएको मैले देखेको छु।’











