छोरीलाई जागिर नदिएको झोँकमा गौरीगञ्जका वडा अध्यक्षले बिथोले कार्यक्रम

IMG-20240912-WA0072

भद्रपुर: झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन्।
उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फूलबती राजवंशीको हातबाट दाता परिवारले रिबन काट्ने कैँची खोसेका छन्।स्वास्थ्य केन्द्रको कर्मचारी नियुक्तिमा चलखेल गरेको र कर्मचारी छनोटमा जग्गादाताको सन्तानलार्ई प्राथमिकता नदिएको उनीहरुको गुनासो छ।
स्वास्थ्य केन्द्रका लागि गाउँपालिकाले आवेदन माग गरी खुला प्रतिस्पर्धामार्फत कर्मचारी छनोट गरेको थियो।
त्यस परीक्षामा गौरीगञ्ज ५ का वडा अध्यक्ष विजयसिंह गनगाईकी छोरी उत्तीर्ण हुन सकिनन्। गाउँपालिका अध्यक्ष राजवंशीले रिबन काट्नै लाग्दा वडा अध्यक्षका दाजु गुरुदेव गनगाईलगायतले होहल्ला गरी कार्यक्रमलाई बिथोलेका थिए।
वडा अध्यक्ष गनगाईले छोरीलाई जागिर नदिएको रिसमा गाउँका महिलालाई उचालेर कार्यक्रम बिथोल्न लगाएको बताइन्छ। वडा अध्यक्ष गनगाईसहित उनका परिवारले स्वास्थ्य केन्द्र स्थापनाका लागि बिक्रम संबत २०७४(२०१७) सालमा जग्गा दान दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement