जलपाईगढी: कोचबिहार जिल्लामा राज्यस्तरीय अन्डर-१९ महिला फुटबल टिम च्याम्पियनसिप आयोजना गरिएको थियो। यस अन्डर-१९ प्रतियोगितामा जलपाईगढी महिला टोली च्याम्पियन बनेको छ। च्याम्पियनशिप टोली आज ट्रफीसहित जलपाईगढी रोड स्टेशनमा पुग्दा जलपाईगढी जिल्लाका खेलकुद प्रेमीहरूले भव्य स्वागत गरे। कोचबिहारमा राज्य स्तरमा यु-१९ महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। जलपाईगढी टोलीको फाइनल खेल पुरुलियासँग भएको थियो, जसमा जलपाईगढी महिला टोलीले पुरुलियालाई २-१ ले हराएर च्याम्पियनशिप ट्रफी जित्यो। यसअघि वीरभूम, नादिया र कोचबिहारको टोली पनि जलपाईगढीसँग पराजित भएको थियो। जलपाईगढी महिला टोलीका अधिकांश खेलाडीहरू चिया बगानका बासिन्दा हुन्। जसमा मोहितनगर ताराप्रसाद बालिका विद्यालयका ७ जना छात्रा रहेका छन्। यस च्याम्पियनसिपमा जलपाईगढी टिमकी सकिना कार्केताले उत्कृष्ट गोलकिपरको अवार्ड जितेकी छिन्। आज जलपाईगढी रोड स्टेशन पुग्दा जिल्ला विद्यालय क्रिडा संस्थाका कार्यकर्ता दिपु चन्द राय, सुखदीप गुह र अन्य खेलप्रेमीहरूले खेलाडीहरूलाई खडा लगाएर फूल र मिठाई दिएर स्वागत जनाए।










