उपसभामुख इन्दिराविरुद्ध महाभियोगको तयारी

IMG-20240912-WA0102

भद्रपुर: सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोग लगाउने तयारी गरेका छन्।कांग्रेसका एक सांसदका अनुसार संसद् बैठकमा महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ। यसअघि गत सोमबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिराविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका थिए। उपसभामुख इन्दिराले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो। उक्त पत्रमा आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement