रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स जकमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा भएको पहिलो म्याचमा डेयरी गाउँले एमजेएफसी २० माईललाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सोनम लेप्चाले गरे। यसरी दोस्रो म्याचमा आयोजक पीवाईएस-को ए टीमले बीजेएचके कफेरलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा कालीझोड़ा युवा परिवार च्याम्पियन भएको थियो।








