सम्भावित आपातकालीन स्थितिको निम्ति तयार गर्ने उद्देश्यका साथ मकड्रिलकाे आयोजना

IMG-20240717-WA0003

गान्तोक: मानिसहरूलाई सम्भावित आपातकालीन स्थितिको निम्ति तयार गर्ने उद्देश्यका साथ भोलि १२ सेप्टेम्बरका दिन मकड्रिल आयोजना गरिने छ। सिङताम नगर पञ्चायतले मकड्रिल अवधि मानिसहरूलाई आतङ्कित नबन्न अनुरोध गरेको छ।
मकड्रिल आयोजनालाई लिएर सिङताम नगर पञ्चायतको नगर सभापतिको कार्यालयमा अन्तिम सभा बस्यो। नगर सभापतिको अध्यक्षतामा बसेको सभामा राबाङका एसडीएम, एनएचपीसीका अधिकारीहरू, सिविल डिफेन्स सिङताम जोन र जनसाधारण उपस्थित थिए।
सिङताम नगर पञ्चायतले आपदा प्रबन्धन, आपातकालीन सेवाहरू र सिङताम नगर पञ्चायतको संयुक्त तत्वावधानमा मकड्रिल आयोजना हुन लागिरहेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement