गान्तोक: सदर थाना क्षेत्र अन्तर्गत डेभलपमेन्ट क्षेत्रको अपर मुन्सी कलोनीमा अज्ञात व्यक्ति/व्यक्तिहरूले स्थानीय एक व्यक्तिको घरमा चोरी गरेको छ। पीडित व्यक्तिको घरबाट सूनका गर गहनाहरू चोरी गरेको बताइएको छ। पुलिस रिपोर्ट अनुसार, हिजो दिउॅंसो लगभग १ बजेदेखि २ बजेभित्र अज्ञात व्यक्तिहरू घरको खिडकीबाट पसेर गर गहनाहरू चोरी गरे। आरोपीहरूले घरबाट लगभग ६ लाख रूपियॉंको सून र हिराको गहनाहरू चोरी गरेका छन्। पुलिसले अज्ञात व्यक्ति/व्यक्तिहरू विरूद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।










