पाकिम एयरपोर्ट परिसरमा विरूवा रोपन

IMG-20240911-WA0303

पाकिम: एक पेड माँ के नाम अभियान अन्तर्गत एयरपोर्ट अथोरिटी अफ् इण्डियाको पहलमा पाकिम ग्रीनफिल्ड हवाइ अड्डा परिसरमा विरूवा रोपन कार्यक्रम आयोजना गरियो। यस अभियानको शुरूवात देशका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई आफ्नो आमाको नाममा विरूवा रोप्नको निम्ति प्रोत्साहन गर्ने उद्देश्यले शुरू गरेका हुन्। उक्त कार्यक्रममा राज्यसभाका सांसद डीटी लेप्चाले पनि सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लेप्चाले प्रधानमन्त्री मोदीले एक पेड माँ के नाम अभियान देशभरि शुरू गरेको बताए। यस अवसरमा उनले सबै अधिकारीहरूलाई प्रधानमन्त्रीद्वारा शुरू गरिएको यस अभियानलाई सफल तुल्याउनको निम्ति शपथ ग्रहण गराउँदै पर्यावरण संरक्षणको निम्ति योगदान पुऱ्याउन आग्रह गरे। विरूवा रोपन कार्यक्रममा जिल्ला पन्चायत अध्यक्ष लादेन ल्हामु भोटिया, जिल्लापाल आगवाने रोहन रमेश लगायत अन्यहरूले पनि अंशग्रहण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement