गान्तोक: नर्सिङ सेवामा उत्कृष्ट कार्यको फलस्वरूप सिक्किमकी जानुका पाण्डेले नेशनल फ्लोरिन्स नाइटिङगेल पुरस्कार प्राप्त गरेकी छन्। दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीबाट पुरस्कार अर्पण गरिएको थियो। सिक्किमको स्वास्थ्य क्षेत्रमा उनले पुऱ्याएका उल्लेखनीय योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो। उल्लेख्य, उक्त पुरस्कार स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका नर्सहरुलाई उनीहरुको उत्कृष्ट सेवामाथि केन्द्रित गर्दै प्रदान गरिन्छ। यस वर्ष जानुका पाण्डे यो पुरस्कारबाट सम्मानित भएकी हुन्। यसबारे सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले उनको उपलब्धिमा गर्व लागेको बताउँदै बधाई प्रकट गरेका छन्।