टी२० वर्ल्ड कपको न्यूनतम् टिकट मूल्य ११४ रुपियाँ

IMG-20240911-WA0297

दुबई: महिला टी२० वर्ल्ड कप २०२४ शुरु हुन अब केवल २० दिन बाँकी छ अनि खेलको वैश्विक संस्था आईसीसीले टिकटहरूको अनावरण गरेको छ। सबैभन्दा सस्तो टिकट केवल पाँच दिरहम (११४ रुपियाँ) – देखि शुरु हुनेछ जबकि १८ वर्षसम्मका प्रशंसकहरूलाई कुनै टिकट लाग्नेछैन। यस पहलको उद्देश्य यूएई-मा टुर्नामेण्टको निम्ति उपस्थिति बढ़ाउनु अनि एउटा स्थायी विरासत बनाउनु हो, जसको अनावरण प्रतिष्ठित बुर्ज खलीफामा एउटा असाधारण लेजर शो-द्वारा गरियो। आईसीसीका मुख्य कार्यकारी ज्योफ एलार्डिसले बुधवार भने, यूएईको बारेमा रोमाञ्चक चीजहरूमा एउटा यहाँको विविधता हो। यो एउटा यस्तो जग्गा हो, जसले सम्पूर्ण विश्वको प्रतिनिधित्व गर्छ। यसैकारण सबै दशवटा टीमहरूको निम्ति घरेलु वर्ल्ड कप हुनेछ अनि खेलाड़ीहरूले उत्साही प्रशंसकहरूका समर्थनको आनन्द लिन सक्नेछिन्। महिला टी२० वर्ल्ड कप ३ अक्टोबरदेखि शुरु हुनेछ अनि १८ दिनसम्म चल्नेछ। यस अवधि २३ वटा म्याचमा १० वटा टीमले प्रतिस्पर्धा गर्नेछ। अंशग्रहणकारी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप ए-मा वर्तमान च्याम्पियन अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेको छ। यसरी ग्रुप बी-मा बंग्लादेश, ईंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड रहेको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १७ र १८ अक्टोबरमा खेलिनेछ। फाइनल २० अक्टोबरमा शारजाहमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement