मातेको अवस्थामा युवकले गरे आत्महत्या

IMG-20240717-WA0001

खोरीबारी: मातेको अवस्थामा एकजना युवकले घाँटीमा फाँसी लगाएर आत्महत्या गरेको घटना खोरीबारीको बुरागञ्ज धामभिटा जोत इलाकाको हो।मृतकको नाम ह्रदय सिंह (२३) हो।पारिवारिक सूत्र अनुसार मंगलवार साँझ युवक मातेर घरमा आएको थियो। तिनलाई घरमा मातेर आयो भनेर गाली गरेको थियो।मातेको झोकमा सो व्यक्तिले घरमा नै झुन्डिए। तिनलाई झुन्डिएको देखेपछि तत्कालै परिवारका सदस्यहरूले उद्धार गरेर खोरीबारी अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृतक घोषित गरिदिए। युवकको लाशलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइ दिएको छ। खोरीबारी पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement