विराटनगरका मेयर रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा

IMG-20240911-WA0283

भद्रपुर: विराटनगर महानगरपालिकाका प्रमुख एवं मेयर रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी भएका छन्।
एउटा स्थानीय सरकारका प्रमुखले अर्को स्थानीय सरकारविरुद्ध भएको आन्दोलनमा सशरीर उपस्थित भएर ऐक्यबद्धता जनाएसँगै उनी विवादमा तानिएका छन्। त्यसै पनि कार्यक्षमता कमजोर भएको र मनोमानी गरिरहेको भनेर मेयर कोइरालाप्रति असन्तुष्टि बढ्दो छ।
एउटा पालिका प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अर्काे पालिकाविरुद्ध भएको नारा जुलुस र प्रदर्शनमा सहभागी हुनुलाई आश्चर्यजनक हिसाबले हेरिएको छ।
रंगेली नगरपालिकाले निर्धारण गरेको करविरुद्ध नेपाली कांग्रसले आन्दोलन गरिरहेको छ। कांग्रेसबाटै विराटनगरको मेयर निर्वाचित भएका कोइराला रंगेली नगरपालिकाको नेतृत्वविरुद्ध भएको आन्दोलनमा बुधबार सहभागी भएसँगै झन् विवादमा तानिएका हुन्।
रंगेली नगर एमालेको नेतृत्वमा छ। एउटा पालिका प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अर्काे पालिकाविरुद्ध भएको नारा जुलुस र प्रदर्शनमा सहभागी हुनुलाई आश्चर्यजनक हिसाबले हेरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement