भाजपा प्रवक्ता शमिक भट्टाचार्यद्वारा उत्तर बंगाल मेडिकल कलेजलाई लिएर राज्य सरकारको आलोचना

IMG-20240911-WA0251-1

सिलगढी: भाजपाका प्रवक्ता शमिक भट्टाचार्यले उत्तर बंगाल मेडिकल कलेजमा भएको भ्रष्टाचारलाई लिएर राज्य सरकारको आलोचना गरे। उनले उत्तर बंगाल मेडिकल कलेज आरजी करजस्तै भ्रष्टाचारको अखाडा भएको भन्दै राज्यको स्वास्थ्य विभागले भ्रष्टाचारीमाथि कुनै कारबाही नगरेको बताए। यस्तो गुनासो राज्य बीजेपी प्रवक्ता शमिक भट्टाचार्यले गरे, जब उनी सदस्यता अभियानको लागी सिलगढी आएका थिए। मंगलबार, भाजपाको सिलगढी संगठनात्मक जिल्ला कार्यालयमा स्थानीय नेताहरूसँग बैठक भयो। पछि पत्रकार सम्मेलनमा उनले आरजी करको बारेमा सम्पूर्ण राज्यमा उठेको आन्दोलनलाई भाजपाले पूर्ण समर्थन गर्ने बताए। उनले जुनियर डाक्टरहरुको चलिरहेको आन्दोलनलाई आफ्नो पूर्ण समर्थन रहेको समेत बताए। विशेष गरी उत्तर बंगाल मेडिकल कलेजको बारेमा उनले भने, ‘यो कलेज आरजी कर जस्तै भ्रष्टाचारले भरिएको छ, र राज्य सरकारले ती भ्रष्टाचारीहरूलाई लुकाउन खोजिरहेको छ, आरजी कर प्रकरणमा अभियुक्त उत्तर बंगाल मेडिकल कलेजका विद्यार्थी डा सुशान्त रोय र विरुपाक्ष मित्रलाई पनि पक्राउ गर्न माग गरेको छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement