दार्जिलिङ: दार्जिलिङका सांसद राजु विष्टले गोर्खाका लागि गृह मन्त्रालयमा शुरु भएको वार्तामा विभिन्न कारणले ढिलाई भईरहेको तर विभिन्न समस्या भए पनि वार्ता छिट्टै खोलिनेछ भनी बताएका छन्। १००८ महाराज स्वामी कालिदास कृष्णानन्दको स्वागतमा दार्जिलिङमा आयोजित र्यालीमा बोल्दै विष्टले यस्तो बताएका हुन्। सांसद विष्टले जहाँसम्म गोर्खाको मुद्दा छ, छुट्टै राज्यको मांग वा स्थायी राजनीतिक समाधान (पिपिएस) र जनजातिको स्थितिको समस्या समाधानको मांग यो ट्र्याकमा नै थियो। चर मणिपुर समस्या र चुनाव बिचमा परेकाले केही समयदेखि गृह मन्त्रालयमा यसका लागि बैठक बस्न नसकेको उनले बताए। उनले भने, अब त्यो सकिएपछि वार्ताको प्रक्रिया छिट्टै खुल्छ।उनले यहाँका जनताको समर्थनमा केन्द्र पहाड जस्तै उभिएको बताए। यहाँ आफ्ना गठबन्धन दलहरूबीचको दरार देखिएको भन्ने विषयमा विष्टले त्यसको खण्डन गरे। आफू उनीहरूसँग सम्पर्कमा रहेको बताए तर, गोर्खाको समस्याको जतिसक्दो चाँडो समाधान गर्न केन्द्रलाई सन्देश दिन जीएनएलएफको कालो झण्डा अभियान चलाइएको उनले बताए। यसका लागि केन्द्रले गति लिएको भए जनतालाई फाइदा हुने उनले बताए। जीटीए क्षेत्रका लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको ९ विधायक र १ सांसदको मागको हालैको बयानमा टिप्पणी गर्दै विष्टले भने कि थापाले सहयोग चाहे सहयोग गर्न सक्ने भएकाले मागको प्रतिलिपि पनि दिए राम्रो हुने बताएका छन्। यद्यपि आफूले पनि टोली बनाएर काम गरिरहेको उनले बताए।

उनले सीमांकनपछि सांसद वा विधायकको संख्या भन्न हतार भए पनि जे हुन्छ त्यस क्षेत्रका जनताको हितमा हुने बताए।










