मङ्पुमा स्व एनएल राई स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता शुरु

IMG-20240911-WA0272

मङ्पु: मङ्पुको रङ्बी ज्ञानपीठ विद्यालयमा स्व एनएल राई स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता शुरु भएको छ। वर्तमान समयमा प्लास्टिकको उपयोग सठीक छ या छैन भन्ने विषयमा रञ्जुभेल्ली निम्न उच्च माध्यमिक विद्यालय अनि सन्त मंगल एकाडेमीमाझ तर्क प्रतियोगिता सम्पन्न भयो।
समारोहका प्रमुख अतिथि समाज सेवक बिक्रम राईले आजको कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञानपीठ विद्यालयभरिमा वार्षिक परीक्षामा नेपाली भाषा विषयमा सर्वोच्च अंक ल्याउने एक विद्यार्थीलाई १० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरे भने प्रत्येक कक्षामा नेपाली विषयमा सर्वोच्च अंक ल्याउने विद्यार्थीहरूलाई एक हजार गरेर प्रदान गर्ने घोषणा गरे। नेपाली भाषाप्रति नानीहरुलाई चासो बढाउन र जागुरुक गराउन नै यस प्रकारको पुरस्कारको घोषणा गरिरहेका कुरा समाजसेवी राईले जनाएका छन्। विद्यालयका शिक्षक प्रभारी दिलीप गुरुङको अध्यक्षतामा सम्पन्न भएको लाब्दा मङपू समष्टि स्तरीय तर्क प्रतियोगितामा रञ्जुभेल्ली विद्यालय बिजय बने भने सर्वश्रेष्ठ तार्किकको रुपमा अनवेश्वा तामाङलाई चयन गरियो।

आजको कार्यक्रममा निर्णायकगणमा वरिष्ठ साहित्यकार उदय थुलुङ, प्रमिला मुखिया,अमिर गुरुङ, युवराज राई, अमृत खड्का अनि सुनील राई थिए भने शिक्षक कञ्चन राईले स्वागत सम्भाषाण राखेको कार्यक्रममा शिक्षक दुष्यान्त रामुदामु अनि मिलन राईले सञ्चालन गरेका थिए। विद्यालयक शिक्षक प्रभारी एवम् सभापति दिलीप गुरुङले लाब्दा मङपु समष्टि स्तरीय तर्क प्रतियोगितामा ७ वटा विद्यालयले भाग लिएको कुरा जनाउँदै मङपूको विभिन्न विद्यालयहरुमाझ मङपू वरिपरि विद्यालयहरुमा तर्क प्रतियोगिता हुने अनि सम्भावत फाईनल रबिन्द्र भवन मङपूमा ४ अक्टोबरको दिन हुनसक्ने कुरा पत्रकार सम्मेलनमा बताए।

ज्ञानपीठ विद्यालय पक्षबाट समाजसेली बिक्रम राईलाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाईयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement