भागाेप्रमाेद्वरा मिरिकको आले खेल मैदानमा सर सफाई

IMG-20240911-WA0269

मिरिक: भारतीय गाेर्खा प्रजातान्त्रिक मोर्चा मिरिक थर्बु डुप्टिन समष्टि, सियाेक गाेपालधारा ओकाईटी समष्टिका युवा शक्ति अनि भागाेप्रमाे कार्यकर्ताहरूले आज मिरिकको आले खेल मैदानमा व्यापक सर सफाई अभियान चलायाे। गत साेमबार मिरिकको आले खेल मैदानमा भागाेप्रमाेले चाैथाे स्थापना दिवस भव्य रूपमा पालन गरेकाे थियाे भने यस अवधि खेल मैदान परिसरमा फाेहाेर मैलाहरू थुप्रिएकाे थियाे।जसलाई संग्रह गरेर उचित व्यवस्थापन गर्ने कार्य मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, सियाेक गाेपालधारा ओकाईटी समष्टिको सभासद धुर्ब बम्जन, पञ्चायत समिति सदस्य समीर राई, पञ्चायत सदस्य दिमुक तामाङ, युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस ताेलाङ्गी, युवा नेता निङमा तामाङ आदिकाे नेतृत्वमा सर सफाई युवा शक्तिका युवाहरूले गरे।

आले खेल मैदानलाई सफा राख्ने उद्देश्यले उक्त सफाई अभियान गरिएकाे जानकारी गराउँदै युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस ताेलाङ्गी अनि पञ्चायत समिति सदस्य समीर राईले मिरिककाे आले खेल मैदान हाम्राे सम्पत्ति हो जसलाई सफा राख्ने दायित्व हाम्राे पनि हाे भनेर भागाेप्रमाेकाे स्थापना दिवस कार्यक्रम अवधि आले खेल मैदानमा थुप्रिएका फाेहाेर अनि प्लास्टिकहरूलाई संग्रह गरेर उचित व्यावस्थापन गर्ने कार्य गरिएकाे बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement