रङ्ली रङ्लीयट खण्डका चियाबारीहरुमा बागवानीको याेजना परिचालन हुने

IMG-20240911-WA0260

खरसाङ: रङ्ली लङ्लीयट खण्डमा पनि बागवानी विभागको परियोजना लागु हुने भएको छ। रङ्ली लङ्लीयट खण्ड अन्तर्गत ११ वटा ग्राम पञ्चायतका प्रधान, 8 वटा चियावारीका प्रबन्धक, सभासदहरूलाई लिएर वागवानी विभागका एमओडी सभासद प्रणाम रसाइलीले एउटा बैठक आयोजना गर्यो। बैठक विषय जानकारी दिँदै रसाइलीले भने कि आजको बैठकमा विशेष गरी बगानका प्रबन्धकहरुलाई जीटीए अनि विभागको कार्य सम्बन्धी अवगत गर्नु रहेको थियो। पर्यटन, कृषि आदिको याेजना चियाबारी क्षेत्रमा परिचालन गर्दा बागनका प्रबन्धकहरुले एनओसी दिनु अनिवार्य रहेको हुन्छ। श्रमिकहरूलाई सुविधा होस भनेर यस विषयलाई आजको बैठकमा विशेष चर्चा रहेको थियो। समाज अनि चिया श्रमिकको हितको निम्ति चिया प्रबन्धनले सहयोग गर्ने बताइएको छ। चियाबारी क्षेत्रमा विभागले बागवानी सम्बन्धित योजनाहरु कार्यान्वय गर्नु थालेको छ। भर्खरै मात्र मिरिक क्षेत्रका चियाबारीमा विभागले पोलीहाउस वितरण गरेको थियो। जीटीएले पहाडको सबै चियाबारी मा बागवानी का योजनाहरु परिचालन गर्ने योजना रहेको बताइएको छ। आजको बैठकमा सभासदहरू ढेन्डुप पाख्रिन, मणिकुमार राईको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement