सोनादामा ट्राफिक सचेतना विषयमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर चित्र बनाऊ प्रतियोगिता सम्पन्न

IMG-20240911-WA0259

सोनादा: सोनादा ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइभ विषयमा विद्यार्थीहरूलाई लिएर चित्र बनाऊ प्रतियोगिता सम्पन्न भएको छ। उक्त चित्र बनाऊ प्रतियोगितामा सोनादा क्षेत्रको नौवटा विद्यालयहरूले सहभागिता जनाएका थिए। सोनादाको न्यु लाइट सार्वजनिक भवनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सेफ ड्राइभ सेभ लाइफ विषयमा चित्रहरू बनाएका थिए। यस प्रतियोगिता दुईवटा वर्गमा राखिएको थियो जसमा पाँचौंदेखि आठौं श्रेणीसम्म र नवौंदेखि बाह्रौं श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर आयोजना गरिएको थियो। यसको साथै ट्राफिक नियम र ट्राफिक नियम पालन गर्नलाई साथै दुर्घटना कम गराउन सोनादा क्षेत्रका चालकहरूलाई पनि लिएर कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा सोनादा पुलिस आउटपोष्टका ओसी अमीत रोय उपस्थित रहेका थिए। त्यसरी नै चित्र बनाऊ प्रतियोगितामा निर्णायकको रुपमा जइन्द्र जेनियम र बीरेन्द्र प्रधान उपस्थित रहेका थिए। यस प्रतियोगितातो जुनियरमा प्रथम र दोस्रो होसी क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय र तेस्रो सामबुध्दा स्कूल भएको छ। त्यसरी सिनियरमा पनि पहिलो र दोस्रो होलीक्रस स्कूल भएका छन् भने तेस्रो ग्रिन हिल स्कूल भएको छ। यस कार्यक्रमलाई रसिक छेत्रीले सञ्चालन गरेका थिए। प्रतियोगितामा सहभागी र विजेताविद्यार्थीहरूलाई पुरस्कारसहित प्रमाण पत्रहरू पनि वितरण गरिएको छ।यसको साथै प्रतियोगितामा सहभागी सबैभन्दा कम उमेरका विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ। यसै कार्यक्रममा सोनादा ट्राफिक पुलिसद्वारा बनाइएको ट्राफिक सचेतनाको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको छ। उल्लेखनीय छ, सोनादामा सबिन दर्नाल ट्राफिक ओसी भएर आएपछि सोनादा क्षेत्रको विद्यालयहरूमा प्राय: मासिक रूपमा नै ट्राफिक सचेतना विषयमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आईरहेका छन्। यसको साथै सोनादा क्षेत्रका चालकहरूलाई लिएर ट्राफिक सचेतना कार्यक्रमहरू आयोजना भईरहेको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा ट्राफिक ओसी सबिन दर्नालले सेफ ड्राइभ सेभ लाइफ विषयमा विद्यार्थीहरूलाई लिएर चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै ट्राफिक नियम विषयमा जानकारी गराउन ट्राफिक विषयमा सचेतना गराउन कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनले चालकहरूलाई बोलाएर ट्राफिक नियम विषयमा सचेतना गराइएको र ट्राफिक नियम पालन गर्नलाई सचेत गराइएको पनि बताएका छन्।

यी सचेतना कार्यक्रमको उद्देश्य दुर्घटना कम गराउनु रहेको बताएका छन्। उनले ट्राफिक नियम विषयमा विद्यार्थीहरूलाई पनि सचेत गराउन आवश्यक रहेको बताउँदै विशेष चालकहरूले सिट बेल्ट लगाएर गाड़ी चलाउनु पर्ने, मातेर गाड़ी नचलाउनु पर्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement