मलाइका अरोराकी पिताले गरे आत्महत्या

00-1-Malaika-Arora

मुम्बई: बलिउड अभिनेत्री मलाइका अरोराका पिता अनिल अरोराले आत्महत्या गरेका छन्। रिपोर्टका अनुसार ६१ वर्षीय अनिल अरोराले सोमबार मुम्बईको अँधेरीस्थित आफ्नो घरको टेरेसबाट हाम फालेर आत्महत्या गरेका थिए। पुलिसका अनुसार घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको पुलिसले  शवलाई पोष्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान शुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा आत्महत्याको कारण खुल्न सकेको छैन। अनिल अरोराको आत्महत्याको खबरले उनको परिवार र फ्यानहरूलाई गहिरो स्तब्ध बनाएको छ। मलाइका अरोरा र उनको परिवारले यस दु:खद घटनाको बारेमा अहिलेसम्म कुनै सार्वजनिक बयान दिएका छैनन्। मलाइका अरोराका पिताको आत्महत्याको खबरले बलिउड र उनका फ्यानहरूमा शोकको लहर ल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement