स्वास्थ्य भवन बाहिर जुनियर डाक्टरहरूको प्रदर्शन जारी

Doctor-Rep-image-3

कोलकाता: पश्चिम बंगालका जुनियर डाक्टरहरूले आफ्नो हडताल जारी राख्दै स्वास्थ्य भवन बाहिर आज प्रदर्शन गरे। आफ्नो माग लिएर विरोध गर्दै चिकित्सकहरुले काममा फर्किन अस्वीकार गरे। आफ्नो सुरक्षा र कामको अवस्था सम्बन्धी आफ्ना पुराना माग अझै पूरा हुन नसकेको चिकित्सकहरू  बताउँछन्। सरकारले समस्याहरू समाधान गर्न नसकेको भन्दै बाध्यतावश हड्तालमा गर्नु परेको उनीहरूको भनाइ छ। यस हड्तालमा स्वास्थ्य विभाग र अस्पताल प्रशासनले अहिलेसम्म कुनै ठोस प्रतिक्रिया नदिएपछि स्थिति तनावग्रस्त बनेको छ। बन्दका कारण अस्पतालका बिरामीहरूले समस्या भोग्नुका साथै चिकित्सा सेवा प्रभावित भएको छ। प्रदर्शनकारीहरूले स्वास्थ्य सेवालाई सामान्य अवस्थामा ल्याउन सरकारसँग चाँडो समाधानको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement