चोरीको उजुरी परेको १२ घण्टाभित्र पक्राउ

photocollage_202491116564345-copy

 सिलगढी: चोरीको उजुरी प्राप्त भएको १२ घण्टाभित्रै पुलिसले एक जनालाई पक्राउ गरेको छ। अभियुक्तको नाम प्रकाशकुमार शर्मा (२०) बताइएको छ। उनी गुरुङ बस्ती क्षेत्रका बासिन्दा हुन्। जानकारी अनुसार गुरुङ बस्ती क्षेत्रमा हिजो एक घरमा चोरी भएको थियो। चोरीको घटनापछि प्रधाननगर पुलिस चौकीमा लिखित उजुरी परेको थियो। उजुरीका आधारमा पुलिसले सीसीटीभी फुटेजका आधारमा चोरको पहिचान गरेको थियो। त्यसपछि प्रकाशकुमार शर्मालाई गएराति गुरुङ बस्ती बजारबाट पक्राउ गरियो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छl

About Author

Advertisement