इटहरीका मेयर पौडेलविरूद्ध उपभोत्ताहरु आन्दोलित, मेयरबिरुद्ध चर्को नाराबाजी

IMG-20240911-WA0243

भद्रपुर: सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि उपभोक्ताहरूले मेयर हेमकर्ण पौडेलविरूद्ध नाराबाजी गरेका छन्। रकम भुक्तानी नभएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरूले मेयर पौडेलविरूद्ध नाराबाजी गरेका हुन् ।
आर्थिक वर्ष २०२३-२०२४ को नीति तथा बजेटमा समाजेश भएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन्।
संघर्ष समितिका संयोजक दीपक श्रेष्ठका अनुसार इटहरीका दुई सय पचास भन्दा बढी उपभोक्ताहरूको पूर्ण रकम भुक्तानी हुन बाँकी रहेको र तीन सय पचास भन्दा बढीको आंशिक भुक्तानी भएको छ। करिब १७ करोड रुपैयाँ रकम उपभोक्ताले पाउन बाँकी भएका कारण आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए।
बुधबार उपमहानगरअगाडि भएको विरोध कार्यक्रममा बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो।
मेयर पौडेलविरूद्ध ‘नगरबासीले तिरेको कर, दुरुपयोग गर्न बन्द गर,’ ‘उपभोक्तामाथिको अत्याचार बन्द गर,’ ‘उपभोक्ताहरूको भुक्तानी तुरुन्त दे,’ ‘उपभोक्ताहरू एक हौँ,’ ‘उपभोक्ता हेप्न पाइँदैन, हिलो छ्याप्न पाइँदैन,’ ‘उपभोक्तामाथिको अत्याचार, एकपटक होइन, बारम्बार,’ लगायतका प्लेकार्डसहित नारा लगाइयो।
पटकपटक जुलाई २२,३०, अगस्त ३, ३१ र सितम्बर ७ सम्मको समयसीमा दिएपनि अझैसम्म भुक्तानी नदिएका कारण आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ। मेयर पौडेलले संघर्ष समितिसँग वार्ता र छलफलमै बस्न नचाहेको र फेसबुकमार्फत मात्रै प्रतिवाद गरेका कारणसमेत आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement