नारीहरूको सम्मानको लागि म आफ्नो जिम्मावरी निर्वाह गर्नलाई तयार छु: अनु प्रधान छेत्री
खरसाङ: दार्जिलिङको जिमखाना हलमा सम्पन्न नारी शक्ति केन्द्रीय समितिको सभामा निर्णय गरिए अनुसार केन्द्रीय समितिको अध्यक्षा पदमा अनु प्रधान छेत्रीलाई चयन गरिएको छ। उनी खरसाङ महकुमा समितिको अध्यक्षा पदमा आसिन थिइन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा पदमा चयन भएपछि खरसाङ आएर पत्रकारहरूसित कुराकानी गर्दै अनु प्रधान छेत्रीले यो हाम्रो पूर्व कार्यक्रम अनुसार आज सर्वसहमतिद्वारा चयन गरिएको बताइन्। उनले आज दार्जिलिङको जिमखाना हलमा सम्पन्न भएको नारी शक्ति केन्द्रीय समितिको सभामा जीटीए क्षेत्रका ४५ वटै समष्टिका नारी शक्तिका प्रतिनिधिहरूले केन्द्रीय अध्यक्षा पदको लागि मेरो नाम सर्वसहमतिद्वारा चयन गरेको र यसको लागि सबैलाई धन्यवाद दिएका छन्। उनले आजको कार्यक्रम गर्ने विषयमा हामीले गत १३ अगस्तको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई भेटेर सल्लाह लिएको र पार्टी अध्यक्ष अनित थापाले नारी शक्ति केन्द्रीय समितिको सभा बसेर सर्वसहमतिद्वारा जसको नाममा प्रस्ताव हुन्छ मेरो पनि समर्थन हुन्छ भनेकोले आजको सभामा मेरो नाममा प्रस्ताव पारित गरिएको बताइन्।

अनु प्रधान छेत्रीले आजको सभामा भएको प्रस्ताव अनुसार मलाई केन्द्रीय अध्यक्ष बनाइएको छ र यसमा अन्य केही होइन भनी बताइन्। छेत्रीलाई पत्रकारहरूले छिरिङ दाहाल र सांसद राजु विष्टको फोटो विषयमा प्रश्न गर्दा उक्त फोटोसित हाम्रो सभाको निर्णयके कुनै सम्बन्ध छैन अनि सासंदलाई जसले पनि भेट्नसक्छ भनी बताएकी छन्। उनले हाम्रो नारी शक्तिको पूर्व केन्द्रीय अध्यक्षाले पहिलेबाटै अब विश्राम लिने भनी भनिएको कारणले नारी शक्तिको कार्यमा निरन्तरता दिनलाई सभा गरेर प्रस्ताव पारित गरेर आजको निर्णय आएको हो अनि यो आजको हाम्रो निर्णय पूर्व घोषित कार्यक्रम रहेको पनि बताएका छन्। अनु प्रधान छेत्रीले मलाई जुन जिम्मेवरी दिइएको छ त्यो म स्वीकार गर्छु अनि पाएको जिम्मावरीलाई निभाउन तयार छु र जतिसक्दो जिम्मेवारीलाई निर्वाह गर्नलाई पुरा तयार रहेको जनाइन्। उनले म नारी शक्तिको सम्मानको लागि र पार्टीको कार्यको लागि काम गर्न तयार छु र यसको शुरुवात हामी आगामी २३ अगस्तको दिन कालेबुङमा नारी शक्ति केन्द्रीय समितिको बैठक बसेर आगामी दिनको रणनीतिहरू विषयमा चर्चा परिचर्चा गर्ने बताएका छन्। उनले नारी शक्ति केन्द्रीय समितिमा धेरै शिक्षित र सक्षम नारीहरू रहेकोले सबैलाई एकसाथ लिएर अघि बढ़ने पनि बताइन्। नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा पदमा चयन भएकोमा उनले सबै नारी शक्तिको नारीहरू र आफ्नो परिवारलाई श्रेय दिएकी छन्। नारी शक्तिको केन्द्रीय अध्यक्षा पदमा छिरिङ दाहाल थिइन् तर उनी केही समयदेखि यता पार्टीमा निष्क्रिय रहेकोले आज नारी शक्ति केन्द्रीय समितिको सभा बसेर निर्णय गर्दै नयाँ अध्यक्षाको रूपमा खरसाङ निवासी अनु प्रधान छेत्रीलाई चयन गरिएको छ।