मलेशियालाई पिटेर भारत एशियन च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

IMG-20240911-WA0226

नयाँ दिल्ली: गत च्याम्पियन भारतीय पुरुष हकी टीमले एशियन च्याम्पियन्स ट्रफीमा मलेशियालाई ८-१-ले पिट्यो। यसको साथै भारतले टुर्नामेण्टमा जीतको ह्याट्रिक पूरा गऱ्यो। भारतले बुधवार लगातार तेस्रो जीतको साथ सेमिफा्इनलको निम्ति क्वालीफाई गऱ्यो। म्याचमा भारतको निम्ति ५ जना अलग-अलग खेलाड़ीले गोल गरे। यसमा राज कुमार पालले ह्याट्रिक गरे। यसरी अरीजीत सिंह हुण्डलले २ गोल गरे। रहल ३ वटा गोल जुगराज सिंह, कप्तान हरमनप्रीत सिंह र उत्तम सिंहले गरे। मलेशियाको निम्ति अखिमुल्लाह अनुवरले ३४औं मिनटमा १ गोल गरे। भारत अहिले ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ पोइण्ट्स टेबलको शीर्ष स्थानमा रहेको छ। टुर्नामेण्टमा ६ वटा टीमले एकार्काविरुद्ध म्याच खेल्नेछ अनि शीर्ष चारवटा टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। दुईवटा सेमिफाइनल १६ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १७ सेप्टेम्बरमा हुनेछ।
मलेशियाविरुद्ध भारतीय टीमका फरवर्डहरूले असाधारण प्रदर्शन गरे। राज कुमार पालले तेस्रो, २५औं र ३३औं मिनटमा गोल गरे। यसरी अरीजीतले छेटौं र ३९औं मिनटमा गोल गरे। यसबाहेक जुगराजले सातौं, हरमनप्रीतले २२औं र उत्तमले ४०औं मिनटमा गोल गरे। पोइण्ट्स टेबलमा अहिले भारतपछि पाकिस्तान ५ पोइण्ट्सको साथ दोस्रो र चीन ३ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। त्यसपछि दक्षिण कोरिया चौथो, जापान पाँचौं र मलेशिया छैटौंं स्थानमा रहेको छ। भारतले यसअघि चीन र जापानलाई पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement