भद्रपुर: स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका करोड ७३ लाख ८९ हजार ३३ रुपैयाँ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ। जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो। गैरकानुनी ढंगले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको छ।
प्रहरीले आव २०२१/२०२२मा चार करोड पाँच लाख छ हजार १८१, आव २०२२/२०२३ मा तीन करोड ९८ लाख ३६ हजार ३६४ र आव २०२३/२०२४ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो। प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा एक करोड ७८ लाख ९७ हजार ८४६ मूल्यका चार हजार २८९.४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ। प्रहरीले अवैध काठका साथमा ३८ जनालाई पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो।
प्रहरीले आव २०२१/२०२२ मा एक हजार २६८ क्यूबिक फिट, आव २०२२/२० २३ मा दुई हजार ४७२ क्यूबिक फिट र आव २०२३/२०२४ मा ५४९.४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो।