जलपाईगढी: अस्पतालमा एक महिला प्रशिक्षार्थी डाक्टरमाथि भएको क्रूरताको विरूद्ध जनताको आक्रोश कम हुने कुनै संकेत देखिएको छैन। यसै सिलसिलामा जलपाईगढी नगरपालिकाको वार्ड कमिटी नम्बर २४ ले न्यायको माग गर्दै सडक सभा आयोजना गर्यो। २४ नम्बर वार्डका आम जनताको साथमा उभिने र उनीहरुको सुख–दुःखमा सहभागी हुन वार्ड कमिटी गठन गरिएको छ। न्यायको माग गर्दै मंगलबार राति यस समितिको तर्फबाट सडक बैठक बसेको थियो। समितिका सदस्यहरूले घटनामा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरेका छन्।
