लक्खीजोतमा सोलर सिस्टम पानीटंकी जडान

IMG-20240911-WA0207

फुलबारी: गाउँमा खानेपानीको समस्या समाधान गर्न सौर्य उर्जाबाट चल्ने खानेपानी जलाशय जडान गरिएको छ। फुलबारी २ नम्बर ग्राम पञ्चायतअन्तर्गत पुटीमरी नजिकैको लक्ष्मीजोत क्षेत्रमा उक्त खानेपानी भण्डार स्थापना गरिएको हो।
करिब साढे तीन लाख रुपियाँको लागतमा निर्माण भएको यस खानेपानी भण्डारको आज उक्त क्षेत्रका पञ्चायत सदस्य तथा फुलबारी २ ग्राम पञ्चायतका उपप्रमुख किशोरचन्द्र राईले उद्घाटन गरेका हुन्। यस अवसरमा तृणमूल कांग्रेस के डबग्राम फुलबारी ब्लाक उपाध्यक्ष मतिन चन्द्र राय र रियाजुद्दीन मोहम्मद आदि उपस्थित थिए।दुर्गम ग्रामीण क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारले स्वच्छ खानेपानी उपलब्ध गराउन सौर्य ऊर्जाबाट चल्ने यो खानेपानी भण्डार स्थापना गर्न पहल गरेको बताइएको छ।

यसै अन्तर्गत आज फुलबारीको लक्ष्मीजोत क्षेत्रमा यो खानेपानी भण्डारको उद्घाटन गरिएको हो। यसबाट गाउँका सयौं जनता लाभान्वित हुनेछन्। शुद्ध खानेपानी पाएपछि स्थानीयवासी खुसी भएका छन्।

About Author

Advertisement