जलपाईगढी मेडिकल कलेजमा महिला डाक्टरलाई धम्की दिएको आरोप

IMG-20240911-WA0141

जलपाईगढी: राज्यभर आरजी करको घटनालाई लिएर चलिरहेको विरोधको बीच जलपाईगढी सरकारी मेडिकल कलेज एवं अस्पतालमा तृणमूल पार्षद र पुलिसको उपस्थितिमा महिला डाक्टरलाई धम्की दिएको आरोप बिमारीको परिजनमाथि लगाइएको छl यसपछि चिकित्सकको सुरक्षाको माग गर्दै मेडिकल कलेजका विद्यार्थीहरूले मंगलबार मध्यरातमा विरोध प्रदर्शन गरे। जुनियर डाक्टरहरुले अस्पतालको इमर्जेन्सी वार्ड अगाडि बसेर सिनियर डाक्टरको सुरक्षा सुनिश्चित गरे। खबर पाएलगत्तै अस्पतालका सहायक उपरीक्षक र कोत्याली पुलिस चौकीबाट पुलिस घटनास्थल पुग्यो। घटनालाई लिएर जलपाईगढी सरकारी मेडिकल कलेज एवं अस्पतालमा भारी तनाव देखियो। ज्ञात रहोस्, मस्कलाईबाडीकी क्यान्सर पीडित महिला लिपिका दास बीरलाई मृत अवस्थामा मेडिकल कलेजमा ल्याइएको भन्ने समाचार छ। नियम अनुसार ड्युटीमा रहेका डाक्टरले पोस्टमार्टम गर्न भनेका थिए। तर बिरामीका परिवारले यो कुरा अस्वीकार गरे। पुलिसकै उपस्थितिमा चिकित्सकलाई दुर्व्यवहार र धम्की दिएको आरोप छ। जलपाईगढी नगरपालिकाको वार्ड नम्बर २२ का तृणमूल काउन्सिलर पिंकु साहा पनि बिरामीका परिवारका सदस्यहरूसँग उपस्थित थिए। उनी पनि बिरामीको परिवारमा सामेल भएको बताइएको छ। त्यसपछि असुरक्षित महसुस गर्दै मेडिकल विद्यार्थीले विरोध प्रदर्शन शुरु गरे। यद्यपि, स्थानीय तृणमूल काउन्सिलरले आरोप अस्वीकार गरेका छन्। उनले भने, ‘अस्पतालमा क्यान्सर रोगी ल्याइएको थियो। परिवारले पोस्टमार्टम गर्न मानेनन्। त्यसपछि गडबडी शुरु भयो। कसले के भन्यो थाहा भएन। तर मैले डाक्टरलाई भेटेर माफी मागेँ। गाली वा धम्की दिएको छैन।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement