दुर्गा पूजाअघि फालाकाटाबाट ठूलो परिमाणमा विदेशी मदिरा बरामद

Screenshot_20240911_151606_Samsung Internet

अलिपुरद्वार: दुर्गा पूजाअघि नै फालाकाटा पुलिसले ठूलो परिमाणमा विदेशी मदिरा बरामद गरेको छ। साथै यस घटनामा तीन जनालाई पनि हिरासतमा राखिएको छ। बुधवार गोप्य श्रोतको आधारमा फालाकाटा थानाको पुलिसले फालाकाटा ब्लकको गुब्बर नगर ग्राम पञ्चायत अन्तर्गत जयचन्दपुर पाकरिताला क्षेत्रमा रहेको गोदाममा अपरेसन गरी त्यहाँबाट ठूलो परिमाणमा विभिन्न ब्राण्डको मदिरा बरामद गरेको हो। जसको अनुमानित बजार मूल्य करिब १० लाख रुपियाँ रहेको छ। आगामी दिनमा पनि यस्तै अभियान सञ्चालन गरिने प्रशासनले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement