सिलगढी: उत्तर बंगाल मेडिकल कलेजका आन्दोलनकारी विद्यार्थीहरूको दबावमा कलेज काउन्सिलको बैठक राति अपर्झट बोलाइयो। सो बैठकमा पाँच विद्यार्थीको निष्कासन अस्थायी रूपमा फिर्ता भएको थियो। बुधबार दिउँसो १ बजे पुनः बैठक बोलाइएको छ। यस सम्बन्धमा अन्तिम निर्णय गरिनेछ।








