भद्रपुर: सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर ८ हुलाकी मार्गबाट सशस्त्र प्रहरीले २३५ किलाे गाँजा बरामद गरेकाे छ। बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लाेड गरिएकाे ८ बाेरा गाँजा राति चेकजाँचकाे क्रममा बरामद भएकाे हाे। चेकिङ देखेर गाडी भगाउँदा बाेलेराे खेतमा फँसेकाे थियाे भने चालक गाडी छाडेर भागेकाे सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ। बि.ओ.पि. लौकही स.प्र.नि. आबेश पुन सुरक्षा बेश भुटाहा स.प्र.नि. ज्ञानेन्द्र बहादुर राउतको टाेलीले गाँजा बरामद गरेकाे हाे।











