कोशीका पूर्व मुख्यमन्त्री कार्कीको सडकमा बास

IMG-20240911-WA0036

भद्रपुर: निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित टंकीसिनवारीमा पुर्‍याएपनि कार्की गाडीबाट झर्न नमानेपछि पुन अनसन स्थलमै फर्किएका छन्।
कार्कीलाई निक्कै समयसम्म त्यहाँ झार्ने प्रयास गरेको प्रहरीलाई कार्कीका कार्यकर्ताले समेत उनलाई झार्नबाट रोकेका थिए। कार्कीलाई त्यहाँ निक्कै बेर राखेर पछि प्रहरीले बाहिरै छाडेको थियो। कार्की राति नै फेरी निषेधित क्षेत्र भन्दा बाहिर गएर अनसन थालेका छन्।
कार्की प्रदेश सभा अगाडि अनशन बसेपछि उनलाई अनसन स्थलबाटै प्रहरीले मङ्गलवार साँझ नियन्त्रणमा लिएको थियो। निषेधित क्षेत्रमा अनसन बसेपछि हटाउन पुगेको प्रहरीलाई कार्कीले नटेरेपछि नियन्त्रणमा लिएर घरमा लिएर गएको थियो। अहिले कार्की निषेधित क्षेत्र भन्दा बाहिर अनसनमा बसेका छन्। त्यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ। निषेधित क्षेत्रमा अनसन बस्न प्रतिबन्ध लगाइएकोले नियन्त्रणमा लिइएको थियो, अहिले निषेधित क्षेत्र भन्दा बाहिर अनसन थालेकोले त्यहाँ कुनै समस्या नभएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement